Header
स्मार्ट फोहोरमैला व्यवस्थापन प्रणाली
Smart Digital Waste Management System

प्रणालीको बारेमा

स्थानीय तहहरूले आन्तरिक तथा बाह्य संघसंस्थाहरूसँगको सहकार्यमा कुहिने र नकुहिने फोहोर संकलन र व्यवस्थापन गर्दै आएका छन्। यो प्रणाली फोहोर व्यवस्थापन प्रक्रियालाई पारदर्शी बनाउन र स्मार्ट माध्यमबाट तथ्यांक व्यवस्थापन गर्न विकसित गरिएको हो। यो प्रणालीले बारकोडयुक्त ग्राहक पहिचान, सरसफाइ सदस्यता कार्ड, र इसेवा वा खल्ती जस्ता डिजिटल वालेट तथा PoS उपकरणद्वारा एकीकृत बिलिङ सुविधा प्रदान गर्छ। साथै, फोहोर संकलन सवारीको प्रत्यक्ष ट्र्याकिङ, इन्धन प्रयोगको निगरानी, र कम्पोस्ट उत्पादनको अनुगमन गर्न सकिन्छ। वित्तीय पारदर्शिता र प्रभावकारी निर्णय प्रक्रियाका लागि गतिशील प्रतिवेदनहरू पनि उपलब्ध गर्दछ। प्रभावकारी र उत्तरदायी सेवा प्रदान गर्न डिजाइन गरिएको यो प्रणालीले दिगो फोहोर व्यवस्थापनलाई प्रोत्साहन गर्दै सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने लक्ष्य राख्छ।

स्मार्ट फोहोरमैला व्यवस्थापन प्रणालीमा समाबेश भएका सुबिधाहरु

description डिजिटल रेकर्ड राख्ने
  1. ग्राहकको विवरणसहितको विस्तृत अभिलेख, ग्राहकको प्रकार वा स्वभावअनुसारको सदस्यता कार्ड बारकोडसहित प्रदान गर्दछ।
payment अनलाइन भुक्तानी
  1. बारकोड स्क्यान गरि सेवाग्राही पहिचान गर्न सकिने पीओएस मेशिनमार्फत तत्काल बिजक जारि गर्न सक्दछ
  2. इसेवा, खल्ती तथा अन्य भुक्तानी प्रदायक मार्फत डिजिटल भुक्तानी गर्ने व्यवस्था छ
  3. सहि तरिकाले अभिलेख राख्नको निम्ति Automated रसिद Generate गर्दछ
directions_car सवारी साधन ट्र्याकिङ
  1. जीपीएस उपकरण जडान गरि कुन सवारी कहाँ गइरहेको छ भन्ने प्रत्यक्ष ट्र्याकिङ गर्दछ
notifications फोहोर संकलन नोटिफिकेशन
  1. वडा र टोलअनुसार अनुकूलित फोहोर संकलन समय तालिका व्यवस्थापन गर्दछ
  2. मोबाइल सन्देश (SMS) मार्फत फोहोर संकलन समय तालिकाको जानकारी गराउदछ
  3. सार्वजनिक चेतना र सहभागिता वृद्धि गर्दछ
local_gas_station सवारी साधन इन्धन व्यवस्थापन
  1. कुन सबारीसाधनले कति दूरी वा समयको लागि कति इन्धन खपत गर्यो भन्ने जानकारीको व्यवस्थापन गर्दछ
  2. कुन फोहोर संकलन क्षेत्रमा के कति सबारी साधनको आवस्यकता पर्दछ तथा कति इन्धनको खपत गरि के-कति फोहोर संकलन भयो भन्ने कुराको analyse यस प्रणालीले गर्दछ
recycling जैविक फोहोर व्यवस्थापन
  1. Pile/Lot बमोजिम कति जैविक मल उत्पादन भयो भन्ने व्यवस्थापन गर्दछ
  2. Pile/Lot बमोजिम जैविक मल उत्पादन प्रक्रियामा के कति सामग्रीहरु तथा जनशक्तिको खपत भयो भन्ने व्यवस्थापन गर्दछ
  3. कम्पोस्ट बिक्री र मौज्दातको डिजिटल अभिलेख राख्दछ
devices स्रोत व्यवस्थापन
  1. इन्धन कुपनको डिजिटल वितरण तथा व्यवस्थापन गर्दछ
  2. कम्पोस्ट उत्पादनका लागि प्रयोग हुने सामाग्रीको अभिलेख राख्ने र मूल्याङ्कन गर्ने गर्दछ
  3. समय, श्रम र स्रोतको उपयोग एकै स्थानमा ट्र्याक गर्ने व्यवस्था रहेको छ
attach_money खर्च र आम्दानी व्यवस्थापन
  1. जैविक कम्पोस्ट उत्पादन गर्दा सवारी, इन्धन, जनशक्ति र सामग्रीजस्ता खर्चहरूको अभिलेख तथा कम्पोस्ट बिक्रीबाट प्राप्त आम्दानीको विवरण राख्दछ
assessment प्रतिवेदन र विश्लेषण व्यवस्थापन
  1. महिना, वर्ष, वडा वा संकलकअनुसार प्रतिवेदन निर्माण गर्दछ
  2. प्राप्त आम्दानी र अपेक्षित संकलनको तुलना ट्र्याक गर्दछ
  3. सेवा-विशेष विश्लेषण हेर्न सकिने सुविधा रहेको छ
  4. लेखा परीक्षण र पारदर्शिताका लागि प्रतिवेदन Export गर्ने गर्दछ
security सुरक्षा र गोपनीयता व्यवस्थापन
  1. नेपाल सरकार, सूचना प्रबिधि बिभागले गर्ने सुरक्षा अडिट (VAPT) को मापदण्ड बमोजिम रहेको छ
  2. सबै डाटा Secure Connection (HTTPS) प्रयोग गरेर सुरक्षित रूपमा आदान–प्रदान गरिएको छ
  3. पासवर्डहरू सुरक्षित रूपमा hash encrypted गरिएको
  4. प्रयोगकर्ता प्रमाणीकरणमा (login) सुरक्षित र role-based access control लागु भएको छ
  5. CSRF, XSS, SQL Injection लगायतका साइबर हमला बाट सुरक्षित गरिएको छ
  6. प्रयोगकर्ताको व्यक्तिगत डाटाको सुरक्षा तथा गोपनीयताको सुनिश्चितता रहेको छ
build डिजिटल व्यवस्थापन र कार्यविधि
  1. उपभोक्ताहरुको डिजिटल व्यवस्थापन
  2. एकीकृत भुक्तानी प्रणाली (Online: eSewa, Khalti तथा अन्य डिजिटल भुक्तानी, Offline: वडा कार्यालय तथा पालिका, PoS बाट बिल काट्ने सुबिधा)
  3. सवारी साधन प्रबन्धन
  4. तेल कुपन वितरण
  5. फोहोर संकलन रुटिन
  6. मल उत्पादन प्रबन्धन
  7. डाइनामिक रिपोर्ट जेनरेसन
  8. स्थानीय तहको फोहोर मैला व्यवस्थापन कार्यविधि बमोजिम डाइनामिक रुपमा घर/व्यवसाय बमोजिमको प्रकृति अनुरुम रकम तथा Fine र Discount व्यवस्थापन
  9. भूमिकामा आधारित प्रयोगकर्ता व्यवस्थापन
  10. Bulk सेवाग्राही import गर्ने सुबिधा
  11. Bulk सेवाग्राही सदस्यता प्रिन्ट गर्ने सुबिधा
  12. सम्पूर्ण बिल तथा रसिदको Log रहने
  13. बिभिन्न स्थानीय तहमा संचालनमा रहेको हुनाले सफ्टवेरमा कुनै किसिमका त्रुटी छैनन्
contacts सम्पर्क विवरण
📞 Phone: +977 9851015697
📧 Email: mstech068@gmail.com
🌐 Website: www.mstech.com.np
📍 Address: Lalitpur, Nepal